नेपालको अपराजित यात्रा कायमै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३०

काठमाडौं ।  आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कुशल भुर्तेलले ६९ रन बनाए भने गुल्शन झाले ३ विकेट लिए। यस जितसँगै नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ। नेपालले अब शुक्रबार सामोआसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *