काठमाण्डौँ । करिब दुई दशकपछि हाँडीगाउँमा ‘डबली सर्किट रन २०८२’ हुने भएको छ ।
काठमाडौं महानगरपालिका ५ को आयोजनामा ‘नर दे जिवन्त हाँडीगाउँ’ को सहआयोजना तथा गोरखा रनर्स क्लबको प्राविधिक सहयोगमा ‘गहना खोज्ने पोखरी’ वरिपरि यस दौड आयोजना हुन लागेको हो ।
प्रतियोगिता भदौ २१ गते शनिबार बिहान हुने आयोजकले जनाएको छ । करिब २५ वर्षअघि देखि सुरु भएको यस प्रतियोगिता विविध कारणले २० वर्षभन्दा बढी समयदेखि रोकिएको थियो । यस वर्षबाट भने पुनः निरन्तरता दिने लक्ष्यसहित पहिलो चरणमा १८ वर्षमुनिका खेलाडीलाई सहभागी गराइन लागेको वडा अध्यक्ष विरेन्द्र प्रजापतिले जानकारी दिएका छन् ।
प्रतियोगितामा छात्रतर्फ ३ किलोमिटर र छात्रातर्फ २ किलोमिटर दूरीको दौड हुनेछ । दुवै विधामा पहिलो हुने खेलाडीलाई १२ हजार, दोस्रोले ९ हजार, तेस्रोले ६ हजार, चौथोले ३ हजार, पाँचौंले १५ सय तथा छैटौंदेखि दशौं स्थानसम्मका विजेताले १–१ हजार रुपैयाँसहित पदक, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्