जय नेपाल कपमा तीन राष्ट्रका विश्वविद्यालयले खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ ४

काठमाडौँ : जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी माघ ७ गतेदेखि सुरु हुने भएको छ। नेपाल विद्यार्थी संघको आयोजनामा नेपाल, भारत र बाङ्लादेशका गरी कुल आठवटा विश्वविद्यालयले प्रतिस्पर्धा गर्ने जय नेपाल टी ट्वान्टी क्रिकेट माघको दोस्रो सातादेखि हुन लागेको हो। प्रतियोगिताका खेलहरू त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछन्। नेविसंघले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो। टी ट्वान्टी क्रिकेट प्रतियोगितामार्फत जलवायु परिवर्तनको मुद्दालाई पनि प्रवर्द्धन गर्ने आयोजकको उद्देश्य रहेको छ।

नेपालका चार टोली त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय, भारतका दिल्ली विश्वविद्यालय, लखनउ विश्वविद्यालय, बाबासाहेब भीमराव, बिहार विश्वविद्यालय तथा बाङ्लादेशको ढाका विश्वविद्यालयले जय नेपाल कपमा प्रतिस्पर्धा गर्ने भएका छन्। कुल ९ दिनसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ। कुल आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। बाङ्लादेशको यु–१९ टोलीका एक सदस्यसमेतले ढाका विश्वविद्यालयबाट खेल्ने आयोजकको भनाइ छ। नेपाली राष्ट्रिय टोलीका केही सदस्यले पनि विश्वविद्यालयको प्रतिनिधित्व गर्ने आयोजकले उल्लेख गरेको छ।

जय नेपाल ट्रफी खेल्न सम्बन्धित विश्वविद्यालयमा पढेका विद्यार्थी मात्र योग्य रहने आयोजकको भनाइ छ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँ पाउनेछन्। ५ लाखको पुरस्कार भने विधागत उत्कृष्टलाई प्रदान गरिने प्रतियोगिताका संयोजक गणेश थापाले जानकारी दिए। आयोजकका अनुसार प्रतियोगिताको विजेतालाई संसारको सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन गराइने भएको छ। नेविसंघले यस प्रतियोगिताका लागि सबैभन्दा कान्छो पर्वतारोही निमारिन्जी शेर्पालाई ब्रान्ड एम्बासडर नियुक्त गरेको जनाएको छ।

नेविसंघका सभापति दुजाङ शेर्पाले यस प्रतियोगितामार्पmत दक्षिण एसियाका ऊर्जाशील युवाहरूलाई स्थिरता र वातावरणप्रति संवेदनशील बनाउन एकत्रित गर्ने उद्देश्य रहेको उल्लेख गरे। यस प्रतियोगितामा सामान्यतर्पmको टिकट एक सय र भिआइपीतर्फ पाँच सय निर्धारण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *