कुखुरामा ‘फाउल पोक्स’ संक्रमण देखियो

DaksuMedia दाक्सु मिडिया
|
पुस ४, २०८२

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कुखुरामा ‘फाउल पोक्स’ भाइरल रोगको संक्रमण देखिएको छ। संक्रमित कुखुरामा आँखाको वरिपरि, पखेटा र ठुँडोमा घाउ, कमजोर हुनु, खाना कम खानु र अण्डा उत्पादन घट्ने लक्षण देखिन्छ।

पशुपन्छी शाखाले संक्रमित कुखुरालाई अलग राख्न, फार्म सरसफाइ गर्न, लामखुट्टे र कीरा नियन्त्रण गर्न र आवश्यक परे खोप लगाउन किसानलाई आग्रह गरेको छ। यो रोग मानिसमा नसर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *