एमाले निर्वाचनः विद्युतीय मेसिनका चिप्स संकलन, मतगणना सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज भृकुटीमण्डपमा सुरु हुँदैछ। ८० वटा विद्युतीय मेसिनबाट भएको मतदानको छुट्टाछुट्टै मुचुल्का तयार गरी मतदाता र मतसंख्या मिलानपछि मेसिन लक गरिनेछ।

मेसिनबाट निकालिएका चिप्स अलग–अलग खाममा राखी एकत्रित, नम्बरिङ र प्याकिङ गरिने निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारका प्रतिनिधि, प्राविधिक र आयोगका प्रतिनिधिको रोहबरमा मतगणना हुनेछ।

मतपरिणाम सार्वजनिक, प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम पनि भृकुटीमण्डपमै हुने छ। एमालेले बिहान ११ बजे ११औँ महाधिवेशन समापन गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *