आज संसद् सेवा दिवस मनाइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २८

काठमाडौँ। निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा स्थापना भएको सम्झनामा आज मङ्सिर २८ गते संसद् सेवा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ।

वि.सं. २०५८ मा गठन भएको संसद् सेवाले सङ्घीय संसद्लाई प्रशासनिक तथा प्राविधिक सहयोग गर्दै आएको छ। संविधान कार्यान्वयन र कानून निर्माण प्रक्रियामा यसको महत्वपूर्ण भूमिका रहेको छ।

दिवसका अवसरमा सभामुख देवराज घिमिरेले कर्मचारीलाई जनउत्तरदायी, निष्पक्ष र व्यावसायिक संसदीय अभ्यासमा जुट्न आग्रह गरेका छन्। राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे र उपसभामुख इन्दिरा रानाले संसद्लाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन साझा प्रयास आवश्यक रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *