काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवसको अवसरमा आयोजित विशेष समारोहमा नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव शनिबार साँझ सहभागी भए । युएईका लागि नेपाली राजदूतावासमा आयोजित उक्त कार्यक्रम युएईका राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीको आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, नेपाल सरकारका उच्च अधिकारी, उद्योगी–व्यापारी, युएईमा कार्यरत नागरिक तथा वरिष्ठ सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो ।
समारोहलाई सम्बोधन गर्दै राजदूत अल शाम्सीले नेपाल–युएई सम्बन्ध आपसी सद्भाव, सम्मान र साझा हितमा आधारित रहेको बताए । उनले दुवै देश जलवायु परिवर्तन, वैश्विक शान्ति स्थापना तथा आतङ्कवादविरुद्धको संघर्षमा समान धारणा राख्ने मित्र राष्ट्र भएको प्रस्ट पारे ।
राजदूत अल शाम्सीले २०७२ सालको विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारी तथा विभिन्न प्राकृतिक विपत्तिका समयमा युएईले नेपाललाई निरन्तर सहयोग गर्दै आएको स्मरण गराए । साथै, युएईमा कार्यरत नेपालीहरूले दुवै देशको आर्थिक प्रगतिमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै उनले नवीकरणीय ऊर्जा, पर्यटन, पूर्वाधार विकास तथा मानव संशाधन क्षमतामा युएईले नेपाललाई सहयोग गरिरहेको जानकारी दिए ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्