|
२०८२ मंसिर १२
मंसिर १२ । तुलसीपुर कारागारबाट फरार भएका एक थुनुवा नेपालगञ्जमा मृत अवस्थामा भेटिएका छन्। जेन्जी आन्दोलनका बेला भदौ २४ गते कारागारबाट भागेका देवराज देवकोटा नेपालगञ्जस्थित रुकुमेली होटलमा अचेत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
तुलसीपुर-१८ हेमन्तपुरका देवकोटा लागुऔषधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए। उनी फरार भएको करिब तीन महिनापछि होटलको कोठाभित्र मुखबाट फिँज देखिएको अवस्थामै मृत भेटिएको प्रहरीले बताएको छ।
उनी मृत फेला परेपछि शवलाई नेपालगञ्जको नर्सिङ होममा राखिएको छ। देवकोटाको शवको आज बिहान १० बजेपछि भेरी अस्पतालमा पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्