अख्तियारको उपसचिव बनेर धम्काउने व्यक्ति पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिलाई धम्काउने ऐभान बहादुर महरा पक्राउ परेका छन्।

प्रहरी वृत्त बालाजुको टोलीले डोटी घर भई काठमाडौंको फुटुङ बस्ने ३७ वर्षीय महरालाई तारकेश्वर–९ टुसालचोकबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार महरासँग विभिन्न सरकारी कार्यालयका नक्कली लेटरप्याड, बैंकका कागजात र परिचयपत्र बरामद गरिएको छ। महरा राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *