|
२०८२ कार्तिक १५
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको वामएकताको आह्वानलाई सकारात्मक रूपमा लिएका छन्। तर, उनले एमालेसँग एकता गर्न चार आधारभूत शर्तहरू अघि सारेका छन्।
खनालका अनुसार—
१. मार्क्सवाद–लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्नुपर्छ।
२. अहिलेको युग समाजवादी क्रान्तिको हो भन्ने स्वीकार गर्नुपर्छ।
३. एकमात्र समाजवादी कार्यक्रमलाई अघि बढाउनुपर्छ।
४. समाजवादी कार्यक्रम कार्यान्वयनका नीति, सिद्धान्त र दिशामा एकरूपता हुनुपर्छ।
खनालले भने, “यी चार कुरामा आधारभूत सहमति भयो भने हामी वामएकताको प्रक्रिया अघि बढाउन तयार छौं।”
उनका अनुसार, सहमति बनेपछि एमालेसहित अन्य वाम शक्तिसँग पनि एकता सम्भव छ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्