|
कार्तिक १४, २०८२
ललितपुर, कार्तिक १४ — ललितपुरको बिएन्डबी अस्पताल नजिकैबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा भक्तपुरकी ४६ वर्षीया मथुरा विक र काठमाडौँकी ४० वर्षीया रामदेवी श्रेष्ठ रहेका छन्।
प्रहरीले गोप्य सूचनाको आधारमा छापा मार्दा रामदेवीले बोकेको झोलामा चितुवाको छाला फेला परेको हो।
उनीहरूबाट दुईवटा मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ। हाल दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्