|
२०८२ कार्तिक १४
काठमाडौं : जेमिमा रोड्रिग्सको नटआउट शतकको बलमा भारतले अस्ट्रेलियामाथि पाँच विकेटको सनसनीपूर्ण जित निकाल्दै महिला विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ।
अस्ट्रेलियाले फोबी लिचफिल्डको शतकीय पारीमा आधारित ३३९ रनको लक्ष्य दिएको थियो। जवाफमा भारतका रोड्रिग्स र कप्तान हरमनप्रीत कौरले १६७ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।
रोड्रिग्स १२७ रनमा नटआउट रहिन्। भारतले ९ बल बाँकी रहँदा लक्ष्य पूरा गर्दै महिला एकदिवसीय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो लक्ष्य सफलतापूर्वक पछ्यायो।
अब भारतले आइतबार दक्षिण अफ्रिकासँग उपाधि भिडन्त खेल्नेछ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्