माधवकुमार नेपालको सुरक्षा फिर्ता, सुविधा समेत कटौती

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १३

काठमाडौं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सरकारी सुरक्षा र सवारी सुविधा फिर्ता गरिएको छ। गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरीका ११ जना सुरक्षाकर्मी मात्र फिर्ता गरिएको भए पनि नेपालसँग रहेका सम्पूर्ण सुरक्षाकर्मी र सवारी सुविधा हटाइएको नेकपा (एस) का नेताहरूले बताएका छन्।

नेपाल अहिले निजी गाडीसमेत नपाई साथी र सहयोगीको सवारी प्रयोग गर्न बाध्य छन्। अन्य पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल र केपी शर्मा ओलीले सरकारी सवारी सुविधा पाइरहेका बेला नेपालको सुविधा कटौती गरिएको हो।

नेकपा (एस) का पोलिट्ब्युरो सदस्य लक्ष्मण केसीले राजनीतिक पूर्वाग्रहका कारण सुरक्षा फिर्ता गरिएको दाबी गर्दै राज्यले पूर्वप्रधानमन्त्रीको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *