साम्बाको दुई गोलमा नेपालले भारतमाथि रोमाञ्चक जित दर्ता गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ११

काठमाडौँ ।  ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले भारतलाई २–१ गोलअन्तरले पराजित गरेको छ। शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा सोमबार भएको खेलमा नेपाली कप्तान सावित्रा भण्डारी (साम्बा) ले दुई गोल गर्दै टोलीलाई विजय दिलाइन्।

खेलको दोस्रो मिनेटमै विमला विकको पासमा साम्बाले पहिलो गोल गरिन्। त्यसपछि ६२औँ मिनेटमा उनले उत्कृष्ट फ्रिकिकमार्फत दोस्रो गोल थपिन्। भारतका लागि कृष्मा श्रीरभोइकार ले ८१औँ मिनेटमा एक गोल फर्काइन् तर त्यसले नतिजा उल्ट्याउन सकेन।

ट्राई नेसन्स कपमा इरानले पहिले नै उपाधि जितेकाले यो खेल प्रतिष्ठाको लडाइँ मात्र थियो। नेपालले भने साम्बाको उत्कृष्ट प्रदर्शनका कारण प्रतियोगिता जितसँगै सकारात्मक नोटमा समाप्त गर्न सफल भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *