|
२०८२ भाद्र २६
२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले जेलबाट निस्किने चाहना नराखेको तर भिड बढेपछि कारागार प्रशासनले जबरजस्ती निकालेको बताएका छन्।
बुधबार फेसबुकमार्फत सार्वजनिक भिडियो सन्देशमा उनले कारागारले दिएको पत्रअनुसार नै बाहिरिएको दाबी गरे।
उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र न्यायिक निकायलाई जानकारी गराइसकेको बताएका छन्। लामिछानेले आफूलाई झुटो मुद्दामा फसाइएको भन्दै कानुनी रूपमा लडिरहने बताए।
रवि लामिछानेले आफू सरकार बनाउने वा सरकारमा जाने दौडमा नरहेको, आन्दोलन जेनजीले नेतृत्व गरिरहेको र रास्वपाले राजनीतिक लाभ खोजेको पनि नहुने स्पष्ट पारे।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्