×

रूपन्देहीमा साढे ६ महिनामा ११ जनाको हत्या

फाल्गुन १९, २०८१ | दाक्सु मिडिया

बुटवल : रुपन्देहीमा पछिल्लो साढे ६ महिनामा व्यक्ति हत्याका ११ वटा घटना भएका छन्। पछिल्लो समय महिनैपिच्छे हत्याका घटना दोहोरिन थालेका हुन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तथ्यांक अनुसार गत भदौ महिना यता ११ जनाको हत्या भएको छ। यो संख्या झण्डै अघिल्लो एकवर्र्षको तथ्यांक बराबर हो। प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा रुपन्देहीमा १२ जनाको हत्या भएको थियो।

चालु आर्थिक वर्षमा भने भदौदेखि फागुन आधासम्म ११ जनाको हत्या भईसकेको छ। हत्या हुनेहरुमा ६ जना महिला र ५ जना पुरुष रहेका छन्। प्रहरीले हत्यापछि घटनामा संलग्नहरुलाई पक्राउ गरेपनि घटना दोहोरिन भने छोडेका छैनन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले अधिकांश हत्याका घटना सम्पत्ति र घरायसी विवादका कारण परिवार भित्रकै व्यक्तिबाट हुने गरेको छ। कतिपय घटना भने व्यक्तिगत रिसइबी, झैंझगडा र अन्य सम्बन्धका कारण समेत हुने गरेको कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार गत फागुन १७ गते मायादेवी गाउँपालिक वडा नं. २ डेङ्गचहवाका २९ वर्षीय राकेशसिंह लोधको हत्या पनि परिवारका सदस्यबाटै भएको प्रहरीको आशंका छ। यद्यपि प्रहरीले अहिलेसम्म उक्त घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन।

गाउँमै खेती किसानी गर्दै आएका राकेश घरमा एक्लै बस्थे। राकेशको उनकै दाजु दीपक लोधसँग अंशको विवाद थियो। राकेशको हत्या कसले गरेको भन्ने एकिन नभएपनि दीपक भने अहिले फरार छन्। गत फागुन ८ गते रुपन्देहीको सियारीस्थित बेथरी सडकखण्डमा दाङको लमही नगरपालिका वडा नं. ७ की संगिता चौधरीको शव फेला पर्‍यो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: