सिजाङ भूकम्पपछि तीन हजार भन्दा बढी परकम्प

DaksuMedia दाक्सु मिडिया
|
२०८१ माघ २

काठमाडौँ : चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको विनाशकारी भूकम्पपछि तीन हजार भन्दा बढी परकम्प महसुस गरिएको छ। चीन भूकम्प नेटवर्क केन्द्रका अनुसार, गत हप्ता दक्षिणपश्चिम चीनको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू दर्ता भएका छन्। धेरैजसो पराकम्पहरू ३ म्याग्निच्युडभन्दा कम थिए।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार, साेमबार राति ४.९ र ५ म्याग्निच्युडका दुई शक्तिशाली पराकम्पहरू आएका थिए जसले डिङ्ग्री काउन्टीमा केही घरहरू भत्काएको छ।

जनवरी ७ मा, सगरमाथाको उत्तरी आधार शिविर नजिकैको डिङ्ग्रीमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो। धक्का नेपालसहितका देशहरूमा महसुस गरिएपनि मानवीय क्षति चीनमा मात्रै भयाे। उक्त भूकम्पमा १२६ जनाको मृत्यु भएको छ।

जब ठूलो भूकम्प आउँछ, पहिलो भूकम्पको केन्द्रबिन्दु वरिपरि साना भूकम्पहरूको श्रृंखला निरन्तर रूपमा जाने प्रक्रियालाई परकम्प भनिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *