रोहितकुमार पौडेल आफ्नो कप्तानी जिम्मेवारीमा फर्किए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ६

काठमाण्डौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आफ्नो कप्तानी जिम्मेवारीमा फर्किएका छन् ।

नेपालले टप इन्ड टी–२० सिरिजको मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जितमा दीपेन्द्रसिंह ऐरीले नेपालको कप्तानी गरेका थिए । तर, पाकिस्तान शाहीन्सविरुद्धको खेलमा उनी आफ्नो जिम्मेवारीमा फर्किएका हुन् ।

डार्बिनको मरारा क्रिकेट ग्राउन्ड २ मा पाकिस्तानी कप्तान इरफान खानले टस जितेका हुन् । योसँगै नेपालले फिल्डिङको निम्तो पाएको छ ।

नेपालले ५ खेल खेल्दा ३ हार र २ जितको नतिजा निकालेको छ ।

यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको थियो । होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *