मध्यराति डम्पर घरभित्र घुस्दा सुतिरहेका एकै परिवारका ४ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ श्रावण ५

काठमाडौँ : भारतको लखनउस्थित अयोध्या राजमार्गमा रहेको बीबीडी प्रहरी चौकी क्षेत्रमा शुक्रबार राति घरभित्रै पसेर डम्परले किच्दा सुतिरहेका एकै परिवारका ४ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मौराङ बोकेको डम्पर अनियन्त्रित भई राजमार्ग छेउको एउटा झुपडीमा पसेको हो।

डम्परले किच्दा उक्त झुपडीमा सुतिरहेका बाराबंकी जैतपुर बस्ने ३५ वर्षीय उमेश टाइल्स, उनका श्रीमती ३२ वर्षीया निलम, छोरा ४ वर्षीय गोलु, र १३ वर्षीय सन्नीको घटनास्थलमै मृत्यु भएको हो।

संयोगवश संगै रहेकी ७ वर्षीया छोरी वैष्णवीभने बाँच्न सफल भएको बताइएको छ।

मृतक महिला ८ महिनाकी गर्भवती थिइन्।

राति करिब १ बजे एउटा डम्पर अनियन्त्रित भएर घरभित्र पसेको थियो। मृतकका भतिज धरम सिंहले एफआइआर दर्ता गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *