गाई पालन प्रवर्द्धन गर्न कृषकलाई अनुदान

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १०

मनहरी : हेटौँडा उपमहानगरपालिकाले गाईपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत पदमपोखरीका कृषकलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।

गाई प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा सामग्री प्रदान गरिएको र यसले उत्पादनसँग जोडिँदै आयआर्जनमा लाग्न कृषकलाई सहयोग पुग्ने उनले बताए । पूर्वाधारको विकाससँगै उत्पादनसँग जोडिएर अघि बढ्न र सामग्रीको प्रयोग गरी दुग्ध उत्पादनमा काम गर्दै आयआर्जनमा बढावा दिन अनुदान कार्यक्रमले टेवा पुग्ने जनाइएको छ ।

हेटौँडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत वार्षिक बजेट अनुसार प्रदेश सरकारबाट हस्तान्तरित सःशर्त अनुदान कार्यक्रमबाट ८२ जना पशुपालक कृषकलाई सामग्री वितरण गरिइएको होे । नगर प्रमुख मीनाकुमारी लामाले पशुमा लाग्ने विभिन्न लम्पी, खोरेत रोगको सङ्क्रमणको समयमा आवश्यक हुने स्प्रे पम्प, काउ म्याट, घाँस काट्ने मेसिन, गाई नुहाउने मेसिन, पानी ट्याङ्कीसहितको सामग्री वितरण गरिएको बताए।

facebook sharing button

twitter sharing button

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *