|
२०८१ असार ९
तनहुँ : पुरातात्विक महत्वको प्राचिनकालीन खड्गदेवी मन्दिर २०८१ साल असार ५ गते बुधबार देखि सर्वसाधरणका लागि खुला गरिएको छ।
बन्दीपुरवासीले इष्ट देवताको रूपमा पुजिने देवीको यस मन्दिर वर्षको ९ दिन नवरात्रको अवधिमा मात्र खुल्दै आएको थियो। अब भने हरेक दिन खुला हुने अध्यक्ष जोशीले जानकारी दिए। उनका अनुसार दर्शनका लागी आवातजावत गर्न चोकदेखि मन्दिरसम्म केवलकारको व्यवस्था गरिएको छ भने मन्दिर बिहान ७ देखि बेलुका ७ बजेसम्म खुला रहनेछ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
खड्गदेवी मन्दिर सञ्चालक समितिको बैठकले लामो समयदेखि प्रयास गर्दै आएकोमा हाल आएर खुला गर्ने निर्णयमा पुगिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष आनन्दमान जोशीले बताए। करिब ६ सय वर्ष पुरानो यस मन्दिरलाई जातीय सहिष्णुताको प्रतिक समेत मानिन्छ। यस मन्दिरमा कामी, मगर र बाहुन जातीका तिन पुजारी छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्