×

यस्तो छ थुलुङ दुधकोशी गाउँपालिकाको बजेट क्यालेण्डर 

जेष्ठ २२, २०८०

थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट क्यालेण्डर निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आज आइतबार बसेको कार्यपालिका बैठकले उक्त क्यालेन्डर निर्माण गरेको हो । बजेट क्यालेन्डर अनुसार जेठ ३१ गते राजस्व परामर्श समितिको बैठक बस्ने, ३२ गते स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक, असार १ गते विषयगत समितिको बैठक र असार २, ३ र ४ गते बस्ती÷टोल स्तरबाट योजना छनौट गरिने छ ।

यस्तै असार ५,६ र ७ गते वडा स्तरीय योजना प्राथमिकिकरण गर्ने, ८ गते  एकीकृत बजेट नीति तथा कार्यक्रम तर्जुमा गर्ने, असार ९ गते कार्यपालिका बैठकबसी असार १० गते गाउँसभा हुने पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
यस्तै गाउँपालिकामा रहेका विद्यालयहरुको शिक्षक व्यवस्थापन¸ बजेट व्यवस्थापन र १२ जोड २ तहमा एकीकृत शिक्षालय निर्माण तथा संचालनको लागि शिक्षा अधिकृत गणेश गुर्धामीको संयोजकत्वमा ९ सदस्य कार्यदल गठन गरिएको छ । उक्त समितिले विद्यमान कानूनी व्यवस्था¸ बजेट व्यवस्थापन लगायतका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ । यस्तै  गैर सरकारी संस्थाहरु सँग बजेट तथा कार्यक्रमको विवरण माग गर्ने पनि उक्त कार्यपालिका बैठकले निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: