इन्टर र युभेन्ट्सबीचको खेलमा लुकाकुसहित तीन खेलाडीलाई रातो कार्ड

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र २२

कोप्पा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानका रोमेलु लुकाकुले ९५औं मिनेटमा युभेन्ट्सविरुद्ध पेनाल्टीमा गोल गरे लगत्तै रातो कार्ड पाएका छन्।

जुआन कुआड्राडोले ८३औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। तर इन्जुरी टाइमको पाँचौ मिनेटमा ग्लेसन ब्रेमरले ह्यान्डबल गरेपछि इन्टरलाई पेनाल्टी दिइएको थियो। जसमा लुकाकुले बराबरी गोल गर्न सफल भए। 

लुकाकुलाई घरेलु फ्यानहरुका अगाडि गएर सेलिब्रेसन गरेको भन्दै दोस्रो पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाइएको थियो। 

यता इन्टरका कप्तान ह्यान्डानोभिक र युभेन्ट्स कुआड्राडोलाई पनि अन्तिम सिट्टीपछि रातो कार्ड देखाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *