मन्त्री मोदी र आयोगका अध्यक्षहरुबीच भेटवार्ता

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २६

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग तीन आयोगका अध्यक्षले संयुक्त भेटवार्ता गरेका छन् ।  शुक्रबार मन्त्रालयमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् । 
भेटका क्रममा आयोगका अध्यक्षहरुले सरकारले ल्याउन लागेको संघीय निजामती ऐनको सन्दर्भमा चासो राखेका छन् । छलफलमा उनीहरुले निजामती ऐन ल्याउँदा समावेशी समानुपातिकताको विषयलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *