युएईसँग टस हारेको पिएनजी पहिले ब्याटिङ गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २६

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक अन्तिम ओडिआई सिरिज काठमाडौंमा चलिरहेको छ। सिरिज अन्तर्गत दोस्रो खेलमा आज युएई र पपुवा न्युगिनी भिड्दैछन्। 

टियु क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएका छन्।

३२ खेलमा ३१ अंक भएको युएईका लागि शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन बाँकी ४ मध्ये तीन खेल जित्नुपर्ने हुन्छ। शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न भने बाँकी सबै खेलमा विशाल जित निकाल्दै रनरेटमा नामिबियालाई पछि पार्नुपर्ने हुन्छ।

तालिकाको पुछारमा रहेको पिएनजी भने शीर्ष पाँच दौडबाट बाहिरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *