×

सोलुखुम्बुमा ४८ प्रतिशत मत खस्यो (पालिकागत विवरण सहित)

मंसिर ४, २०७९ | दाक्सु मिडिया

सोलुखुम्बुमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचनको कार्यालयका साहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखतीका अनुसार जिल्लामा करिब ५० प्रतिशत मत खसेको प्रारम्भिक तंथ्याक प्राप्त भएको उहाँले बताउँनुभयो ।

सबै स्थानीय तहबाट जानकारी नआएकाले स्थानीय तह अनुसार मत विवरण आउन बाँकी रहेको उहाँले बताउँनुभयो ।

जिल्ला १ सय २२ मतदान स्थल मा १ सय ३६ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाका सबै मतदान केन्द्रमा विवादरहित मतदान सम्पनन भएको छ ।

मतदानमा सहभागी हुनमा बृद्धबृद्धादेखि युवाहरु समेत उत्साहका साथ मतदान केन्द्रमा पुगेका थिए ।

अहिले मचुल्का उठाउने र मतपेटिका संकलनको काम भइरहेको अधिकृत कालाखेतीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: