×

परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री मोदीलाई निम्तो दिन दिल्ली जाने

फाल्गुन २१, २०८१ | दाक्सु मिडिया

काठमाडौँ : नेपालमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री डा.आरजु राणा दिल्ली जाने भएकी छिन् । निम्तो दिनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय माग गरिएको छ । भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले समय व्यवस्थापनका लागि त्यहाँका विदेश मन्त्रालयलाई आग्रह गरिएको बताए ।

हिजो नेपाली राजदूत शर्माले भारतका विदेश सचिव विक्रम मिस्रीसँग भेटेर प्रधानमन्त्री मोदीको समय मिलाई दिन आग्रह गरेको भारतस्थित नेपाली दूतावासले जनाएको छ । यद्यपि सो आग्रहमा विदेश मन्त्रालयबाट सकारात्मक प्रतिक्रिया नआएको बताइएको छ ।

परराष्ट्र मन्त्री आरजु मार्च १७–१९ तारेखमा आयोजना हुने रायसिना डायलगमा सहभागी हुने जाने भएकी छिन् । त्यस क्रममा प्रधानमन्त्री मोदीलाई नै भेटेर सगरमाथा संवादका लागि निमन्त्रणा दिने तयारी परराष्ट्रमन्त्री आरजुको रहेको छ ।

रायसिना डायलगमा अर्थमन्त्री विष्णु पौडेल जानुपर्ने कार्यक्रम थियो । तर अर्थमन्त्री पौडेल नजाने भएपछि परराष्ट्रमन्त्री तयार भएकी हुन् । सगरमाथा संवाद अगामी जेठमा हुँदै छ । जेठ २–४ गतेसम्म विश्वका कैयौँ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसहित विषय विज्ञ र अनुसन्धानदातालाई बोलाएर काठमाडौँमा संवाद आयोजना गर्ने सरकारको तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: