टिकटक लाईभ संस्थाले आफू बाचौ र अरुलाई पनि बचाऔ भन्ने मुल नाराका साथ स्नेह आश्रममा राहत वितरण गरेको छ ।
टिकटक लाइभ संस्थाले केही हप्ता अगाडि लुकेको कला खोज्ने र प्रस्तुत गर्ने ठाउँ दिदै पहिलो कार्यक्रम लाइभ नृत्य प्रतियोगिता राखेको थियो । संस्थाले कार्यक्रम समापन भएकै दिन दुखी र बिपन्न परिवारलाई राहत वितरण गर्ने घोषणा गरेको थियो । सोही निर्णय अनुसार आज श्रावण २८ गते काठमाडौ मुलपानी स्थित कलाकार तथा सामजसेवी सुलेमान श्रेष्ठ (इकु) ले संचालन गर्दै आएको स्नेह आश्रममा सोह्र बाल बालिकालाई खाद्यान्न र विभिन्न विरामिलाई चालीस हजार नगद वितरण गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष देबि कटुवाल र अन्य सदस्यको उपस्तिथि रहेको थियो । आश्रमका संचालक सुलेमान ( इकुले ) संस्था प्रायोजक सहयोगी र टासी शेर्पालाई विषेश धन्यवाद दिदै आगामी दिनको शुभकामना समेत ज्ञापन गरे ।




दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्