काभ्रेको पाँचखालमा बस र ट्रक ठोक्किँदा ८ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २२

काठमाण्डौँ । काभ्रेको पाँचखाल नगरपालिका ६ मा बस र ट्रक ठोक्किँदा ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट बाह्बिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ जाँदा गरेको बा ५ ख ६८३ नम्बरको ट्रक ठोक्किएको हो ।

उक्त ठक्करबाट ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी रवीन विष्टले जानकारी दिएका छन् ।
घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस दुर्घटनामा थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *