यो साता नेप्से परिसूचक ६९ अंकले घट्यो : कारोबार रकम खुम्चियो

DaksuMedia दाक्सु मिडिया
|
२०७८ फाल्गुन ७

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६९ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार २८०१ अंकबाट सुरु भएको नेप्से बिहीबार २७३२ अंकमा आएर बन्द भएको हो ।

साताभरमा २ प्रतिशतले घटेसँगै नेप्से परिसूचक पुनः २८ अंकबाट तल झरेको छ । परिसूचकसँगै यो साता नेप्सेको कारोबार रकम पनि घटेको छ । यो साताको पाँच कारोबार दिनमा कुल १८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो, गत साताको हप्ताभरि भएको कारोबार रकमभन्दा करिब ६ अर्ब रुपैयाँले कम हो । गत साताको पाँच कारोबार दिनमा नेप्सेमा २४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । यो साता नेप्सेमा कारोबार भएका १३ मध्ये १२ समूहमा गिरावट आएको छ । साताका पाँच दिनमा कारोबार भएकामध्ये अन्य समूहबाहेक सबै समूह घटेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *