|
२०८३ श्रावण १६
काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु आदेश हटाउँदै जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ।
प्रशासनका अनुसार शनिबार बिहान ८:३० बजेदेखि कर्फ्यु हटाइएको हो। तर अर्को सूचना जारी नभएसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, सभा, प्रदर्शन तथा घेराउ गर्न प्रतिबन्ध लगाइएको छ।
यो निषेधाज्ञा इटहरी, रामधुनी, इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकासहित तोकिएका क्षेत्रमा लागू रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। परिस्थितिको मूल्याङ्कन गर्दै आवश्यक निर्णय गरिने प्रशासनले उल्लेख गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्