आज चैती छठ मनाइँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १०

जनकपुरधाम । मधेशका विभिन्न जिल्लामा आजदेखि चैती छठ पर्वको मुख्य अनुष्ठान सुरु भएको छ। व्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धापूर्वक पूजा गरेका छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व समापन हुनेछ।

जनकपुरधामका गंगासागर र अर्गजासरलगायत जलाशयहरूलाई विशेष रूपमा सजाइएको छ, जहाँ भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ। कठोर नियम र आस्थासहित मनाइने यस पर्वमा व्रतालुहरू निराहार बसेर सूर्यदेवको आराधना गर्छन्।

धार्मिक विश्वासअनुसार चैती छठले मनोकामना पूरा गर्नुका साथै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने मान्यता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *