धनुषा–३ बाट उम्मेदवारी दिएका पत्रकार दिवाकर साहको जमानत जफत, पुनः पत्रकारितामा फर्किए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २२

काठमाण्डौँ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका दिवाकर साह फेरि पत्रकारितामा सक्रिय भएका छन् । निर्वाचनमा अपेक्षित मत नआएपछि उनको जमानत जफत भएको हो ।

संसद प्रवेश गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका साहले चुनावअघि जनतासँग चन्दा संकलन गरेर चुनाव जित्ने दाबी गरेका थिए । तर मत परिणाम अपेक्षाअनुसार नआएपछि उनी पुनः रिपोर्टिङमा फर्किएको बताइएको छ।

जेनजी आन्दोलनपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नजिक पुगेका थिए । रास्वपाबाट टिकट पाउने आशा राखे पनि टिकट नपाएपछि उनले पार्टीका प्रवक्ता मनिष झाप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारका रूपमा ‘आम’ चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

निर्वाचन परिणाम अनुकूल नआएपछि साह फेरि पत्रकारितामा सक्रिय देखिएका छन् । आज उनले महोत्तरीस्थित पूर्वाधार विकास कार्यालय पुगेर आफू कुटिएपछि उम्मेदवार बनेको दाबी गर्दै सो घटनाबारे रिपोर्टिङ गरेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *