|
२०८२ फाल्गुन २०
काठमाण्डौँ । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन् ।
घाइते हुनेमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का वडाध्यक्ष सोयब अन्सारी रहेका छन् । अन्य दुई जनाको परिचय खुल्न बाँकी रहेको छ ।
स्थानीय स्रोतका अनुसार विवाद चर्किँदै जाँदा झडप भएको हो । घटनापछि क्षेत्रमा तनाव उत्पन्न भएको छ भने अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ। घटना के विषयमा भएको छ, थप विवरण आउन बाँकी रहेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्