जनमतका उम्मेदवारले नै त्यागे पार्टी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १०

काठमाण्डौँ । जनमत पार्टी बाट रौतहट २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका सोनु कुशवाहाले पार्टी परित्यागको घोषणा गरेका छन् ।

चुनावको मुखमै उम्मेदवार स्वयंले पार्टी छाडेपछि जनमतभित्रको आन्तरिक कलह बढ्दै गएको सार्वजनिक भएको छ।

विज्ञप्तिमा उनले पार्टीभित्र व्यक्तिवाद र परिवारवाद हाबी भएको आरोप लगाएका छन् । परिवर्तन र वैकल्पिक राजनीतिको नारासहित अघि बढेको पार्टी व्यवहारमा भने सीमित नेतृत्वको स्वार्थमा केन्द्रित भएको उनको दाबी छ। युवामाथि दमन हुँदा पनि नेतृत्व मौन बसेको भन्दै उनले असन्तुष्टि जनाएका छन् ।

सिके राउत नेतृत्वप्रति संकेत गर्दै उनले निर्णय प्रक्रिया एकलौटी रहेको, उम्मेदवारहरूसँग कुनै समन्वय नरहेको तथा स्थानीय जनभावनालाई बेवास्ता गरिएको आरोप लगाएका छन् ।

उनका अनुसार पार्टी नेतृत्व आफ्नै क्षेत्र र आफन्तको क्षेत्रमा सीमित हुँदा अन्य क्षेत्रका उम्मेदवारहरू बेवास्तामा परेका छन्।

कुशवाहासँगै सो क्षेत्रका १४ जना नेताले समेत साधारण सदस्यबाट राजीनामा दिएको जनाइएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *