रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशीलको लिस्टमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

काठमाण्डौँ । जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहटका तोकिएको दुई सय ७७ मतदानस्थलमध्ये १ सय ५२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा परेको छ ।

सुरक्षाका दृष्टिकोणले विभिन्न स्थानीय तहमा रहेका ती मतदानस्थल अतिसंवेदनशील सूचीमा राखेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिएका छन् ।

एक सय मतदानस्थल संवेदनशीलको सूचीमा रहेका र बाँकी २५ मतदानस्थल सामान्य सूचीमा रहेको प्रजिअ भुसालले बताए । रौतहट क्षेत्र नं १ मा ६७, क्षेत्र नं २ मा ७२, क्षेत्र नं ३ मा ७७ र क्षेत्र नं ४ मा ६१ मतदानस्थल रहेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा पाँच सय ४१ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिए ।

विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा दुई सय ७६ मतदानस्थल कायम रहेकामा यस वर्ष एउटा स्थल थप गरिएको हो । गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको कार्यालय प्रमुख दासले जानकारी दिए ।

यस वर्षको निर्वाचनमा रौतहटमा २१ हजार एक सय ५६ मतदाता थपिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *