दाङका निकुञ्ज प्रभावित मतादाताले गरे मतदान बहिष्कार

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

काठमाण्डौँ । दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावितहरूले मतदान बहिष्कार गरेका छन् । दाङ मध्यवर्ती क्षेत्र बबइ गाउँपालिका-७ देउती मावि मलई मतदान केन्द्र र बबई-१ मा रहेको जनता आधारभूत विद्यालयको केन्द्रमा समाचार तयार पार्दासम्म एक जनाले पनि मतदान गरेका छैनन् ।

मतदान अधिकृत चिरञ्जीवी खड्काका अनुसार साढे १० बजेसम्म बबइ गाउँपालिका-७ देउती मावि मलई मतदान केन्द्रमा मतदाता आएका छैनन् । मतदान केन्द्र सुनसान छ । यहाँ ६८२ मतदाता रहेका छन् ।

त्यस्तै बबइ-१ को एउटा केन्द्रको अवस्था पनि यस्तै छ । अहिलेसम्म मतदाता आएका छैनन् । जनता आधारभूत विद्यालयमा ५३० मतदाता रहेका छन् ।

निकुञ्च प्रभावित संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुरले राङु मगरले आफूहरुले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताउँदै मतदान नगर्ने अनलाइनखबरलाई बताए ।

लामो समयदेखि बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत पीडितहरुले चुनाव बहिस्कार गर्ने चेतावनी दिँदै आएका थिए ।

दाङका साविकका पञ्चकुले र पुरन्धारा गाविसका केही भू-भागहरूलाई मध्यवर्ती क्षेत्रका रूपमा घोषणा गरिएको थियो । त्यस क्षेत्रमा निकुञ्ज घोषणासँगै वन्यजन्तु वृद्धि भएकाले विभिन्न आफूहरु पीडित भएको स्थानीयको भनाइ छ ।

वन्यजन्तु बाघकोसमेत आतंक बढेको स्थानीय सञ्चारकर्मी प्रेम पुनले बताए । वन्यजन्तुले बालीनाली र घरपालुवा पशुपन्छी खाइदिने समस्या लामो समयदेखि भोग्दै आएको उनले बताए ।

यो दाङ क्षेत्र नम्बर ३ मा पर्छ । यहाँबाट कांग्रेसबाट दीपक गिरी, एमालेबाट घनश्याम पाण्डे, नेकपाबाट धनबहादुर मास्की, रास्वपाबाट कमलसुवेदीलगायत उम्मेदवार छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *