पाँचथरको यासोकमा ‘त्रिशाली’ उत्सव सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २४

काठमाडौँ । यासोकमा हरेक तीन वर्षमा आयोजना हुने ऐतिहासिक ‘तङ्सुम तङ्नाम त्रिशाली’ पूजा तथा मेला सुरु भएको छ । वर्षासँगै सुरु भएको र्‍यालीमा स्थानीयहरू परम्परागत पोसाकमा सजिएर च्याब्रुङ, नौमतीबाजा र साकेला नाचसहित कुम्मायक–कुसायकतर्फ पुगेका थिए ।

पूजामा सहभागी भक्तजनहरू नेपालका विभिन्न जिल्लासहित विदेशबाट समेत यासोक पुगेका आयोजकले बताएका छन् । कुम्मायकमा नैवेद्य पूजा तथा कुसायकमा बलि दिने परम्परा रहेको छ ।

मेला अवधिभर धाननाच, स्थानीय उत्पादन प्रदर्शनी, फुटबल, ब्याडमिन्टन र चेस प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन् । आयोजकका अनुसार मेला आगामी शनिबारसम्म जारी रहनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *