कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई मातृ शोक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २६

काठमाण्डौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ ।

मुख्यमन्त्री कार्कीका ९१ वर्षीया आमा जानुकादेवी कार्कीको बुधबार साँझ झापा गौरदहस्थित निवासमा निधन भएको हो ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलका अनुसार एक महिना अगाडि जानुकादेवीको खुट्टा भाँचिएपछि विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा शल्यक्रिया भएको थियो ।

स्वर्गीय कार्कीका दुई छोरा र पाँच छोरी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *