|
२०८२ फाल्गुन १४
काठमाडौँ । केपी शर्मा ओली आज झापा जिल्लाको कमल गाउँपालिका अन्तर्गत विभिन्न आठ स्थानमा पुगेर मतदातासँग भेटघाट गर्दै छन् ।
नेकपा एमाले निर्वाचन परिचालन समितिका अनुसार बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा सिम्लेस्थित सिरिजङ्गा चौक, झारबारीको राधाकृष्ण मन्दिर, सानो केर्खा, भलायोडाँडा, भुत्लुङ, जीवन चौक, नयाँ बस्ती र रत्नपुर टोल–मंगलबारेसहितका स्थानमा स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने तालिका छ।
भेटघाटका क्रममा स्थानीयका समस्या र सुझाव संकलन गरी विकास निर्माणका बाँकी योजनालाई अगाडि बढाउने तयारी गरिएको जनाइएको छ। यसअघि ओलीले यही निर्वाचन क्षेत्रको गौरीगञ्ज गाउँपालिकाका ११ स्थानमा पनि भेटघाट गरेका थिए।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्