मधेस प्रदेशमा सरकार छाड्ने जनमत पार्टीको चेतावनी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १

काठमाण्डौँ । मधेस प्रदेशमा मन्त्रीपरिषद् विस्तार भएसँगै सात दलीय गठबन्धनमा विवाद उत्पन्न भएको छ । मन्त्रालयमा कुरा नमिलेको कारण जनमत पार्टीले सरकार छाड्ने चेतावनी दिएको छ ।

जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले जनमत पार्टीको उद्देश्य बमोजिम सरकारमा सुनिश्चितता नभए मधेस प्रदेश सरकारबाट अलग हुन तयार रहेको बताएका छन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘मधेस प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति दयनीय अवस्थामा आइपुगेको छ ।’

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत १० औँ हजार रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरेको उल्लेख गर्दै उनले भागबन्डाको नाममा अरूलाई त्यो मन्त्रालय दिनु भनेको सम्पूर्ण रोजगारी कार्यक्रमलाई अलपत्र पार्नु रहेको दाबी गरेका छन् ।

यसअघिको सरकारमा वसन्त कुशवाहा आफै उद्योग मन्त्री थिए । उनले उद्योग मन्त्रालयका लागि बजेट विनियोजन गरेका थिए । तर यो वर्तमान सरकारमा सो मन्त्रालय माओवादीको भागमा परेको छ । जनमत पार्टीले सुरुदेखि उद्योग मन्त्रालयमाथि दाबी गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *