खोटाङ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अन्तिम दिन ऐसेलुखर्क गाउँपालिका, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा मा.वि. स्तरीय सडक नाटक प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता सामाजिक विकास समितिका संयोजक टेकेन्द्र राजभण्डारीले गरेका थिए । कार्यक्रमको उद्घाटन तथा प्रमुख आतिथ्य गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले गर्नुभएको थियो । साथै प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापा, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यज्यूहरू, रणभिम गण ऐसेलुखर्क, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, इलाका प्रशासन कार्यालय ऐसेलुखर्कका प्रमुख तथा प्रतिनिधिहरू, ८ वटा सामुदायिक माध्यमिक विद्यालयका प्र.अ., शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सडक नाटकहरू विभिन्न विद्यालयका विद्यार्थीहरूले लैङ्गिक हिंसा रोकथाम, समानता, अधिकार संरक्षणजस्ता विषयमा आधारित रहेर प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा प्रथम त्रिभुवन माध्यमिक विद्यालय, ऐसेलुखर्क, द्वितीय श्री कालिका बाल विकास मा.वि., राखाबाङ्देल, तृतीय माक्पा मा.वि., माक्पा, सान्त्वना शान्तोदय मा.वि. जामिरे भएका छन् ।
कार्यक्रमले समुदाय र विद्यार्थीहरूमा लैङ्गिक हिंसा विरुद्ध सचेतना बढाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्