लिखुपिके गाउँपालिकामा आजदेखि निःशुल्क पशुपन्छी खोप कार्यक्रम सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

सोलुखुम्बु । लिखुपिके गाउँपालिकामा आजबाट निःशुल्क पशुपन्छी खोप कार्यक्रम सञ्चालन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सल्लेरीको चालु आर्थिक वर्ष २०८२÷८३ को बार्षिक स्वीकृत कार्याक्रम तथा लिखुपिके गाउँपालिका पशु सेवा शाखाको प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।

पशुपन्छीमा देखिने रोग नियन्त्रणका उद्देश्यका साथ गाइभैसीहरुमा लाग्ने खोरेत खोप ,बंगुरमा लाग्ने क्लासिकल स्वाइन फिभर, बाख्रामा लाग्ने पी.पी.आर.विरुद्धका खोप कार्याक्रम सबै वडाहरुमा सच्चालन गरिने गाउँपािलका कर्मचारी लोकेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

आज बाट सुरु उक्त खोप कार्याक्रम कात्तिक २३ गतेदेखि पालिकाको ५ वटै वडामा सच्चालन हुने छ । खोप लगाउन ल्याइने पशुहरूको उमेर कम्तीमा चार महिना पूरा भएको हुनुपर्ने छ । कार्यक्रमको उद्घाटन अध्यक्ष मुना कार्की बस्नेतले गरेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *