बाढीपहिरोको कहर : ३५ जनाको ज्यान गयो, २६९५ को उद्धार

DaksuMedia दाक्सु मिडिया
|
अशोज १४, २०८३

काठमाडौँ । असोज ८ गतेदेखि परेको लगातार वर्षापछि आएको बाढी, पहिरोलगायतका विपद्मा परी देशभर ३५ जनाको मृत्यु भएको छ।

गण्डकी प्रदेशमा मात्रै २३ जनाको ज्यान गएको छ भने लुम्बिनीमा ६, बागमतीमा ३, कर्णालीमा २ र मधेसमा १ जनाको मृत्यु भएको छ। बागलुङमा सबैभन्दा धेरै १२ जनाको मृत्यु भएको छ।

विपद्मा १५ जना घाइते भएका छन् भने जोखिममा परेका २ हजार ६ सय ९५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। जोखिमयुक्त क्षेत्रमा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका सामान निकाल्ने कामसमेत जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *