काठमाण्डौँ । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलन सुरु भएसँगै जिल्लाका अधिकांश विद्यालय बन्द भएका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू अभिभावकसँगै यार्सागुम्बा संकलनका लागि हिमाली पाटनतर्फ जान थालेपछि विद्यालयहरू बन्द गरिएका हुन् ।
जिल्लाका सामुदायिक विद्यालयहरूमा जेठ सुरु भएसँगै विद्यार्थीको उपस्थिति घट्न थालेको शिक्षकहरूले बताएका छन् । केही विद्यालयमा त विद्यार्थी संख्या शून्यजस्तै भएपछि पठनपाठन नै रोक्नुपरेको अवस्था आएको छ ।
स्थानीयका अनुसार डोल्पामा यार्सागुम्बा संकलन केवल मौसमी काम मात्र नभई अधिकांश परिवारको मुख्य आम्दानीको स्रोत हो । वर्षभरको खर्च व्यवस्थापनदेखि बालबालिकाको शिक्षादेखि दैनिक जीविकोपार्जनसम्म यार्सागुम्बाबाट हुने आम्दानीमा धेरै परिवार निर्भर रहने गरेका छन् । यही कारण विद्यालय उमेरका बालबालिका समेत अभिभावकसँगै पाटनतर्फ जाने गरेका छन् ।
यो वर्ष जिल्लाका सम्पूर्ण यार्सापाटनहरू जेठ १० गतेदेखि खुला हुँदैछन् । यार्सागुम्बा संकलनको समय नजिकिएसँगै विद्यार्थीहरू विद्यालय छाडेर पाटनतर्फ जान थालेपछि विद्यालय सञ्चालन प्रभावित बनेको हो ।
त्यस्तै त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङस्थित मुकुटेश्वर माध्यमिक विद्यालयका शिक्षक गंगाराम कठायतले पनि यार्सागुम्बा संकलनकै कारण विद्यालय बन्द गर्नु परेको बताए ।
हरेक वर्ष यार्सागुम्बा संकलनको समयमा यही समस्या दोहोरिने गरेको भन्दै दीर्घकालीन समाधान आवश्यक रहेको सिक्षकहरुको भनाई छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्