काठमाण्डौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटी बैठकमा बोल्ने क्रममा उनी ढलेका थिए ।
नेकपा एमालेको निर्वाचन समीक्षा बैठकमा आफ्ना भनाइ राखेर कुर्सीमा बस्ने बित्तिकै हृदयघातको सिकार भएका नेता कृष्ण थापालाई घटना भएको ९ मिनेटभित्रै अस्पताल लगिएको थियो । मन्तव्य सकेर साथीभाइसँग हात मिलाउने क्रममा एक्कासि ढलेका उनलाई सँगै रहेका नेता टिकाराम पङ्गेनी लगायतका नेताहरूले तत्कालै मणिपाल शिक्षण अस्पताल पुर्याएका हुन् ।
बैठकमा चुनावको समीक्षा भएको थियो । कास्की क्षेत्र नम्बर १ को समीक्षामा उनले पार्टीले व्यहोरेको क्षतिबारे आफूले पूरा जिम्मेवारी लिने बताएका थिए ।
उनलाई टिकट वितरण र चुनावमा भएको पराजयबारे प्रश्न उठाएका थिए । थापालाई कास्की २ को सुरुमा टिकट दिए पनि पछि आलोचना भएका कारण रश्मिलाई दिइएको थियो । त्यसपछि उनले आफूमाथि ठुलो षडयन्त्र भएको गुनासो गरिरहेका थिए ।
उनको शव मणिपाल अस्पतालमा राखिएको छ । जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको बताइएको छ।
गत फागुन २१ मा भएको प्रतिनिधि सभा निर्वाचनमा उनलाई कास्की– २ को उम्मेदवार बनाइएकोमा विरोध भएपछि टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो । उक्त विषयमा उनले गुनासो गरेका थिए ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्