काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्यसूची सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अधिकांश तरकारी तथा फलफूलको मूल्य स्थिर देखिएको छ भने केही वस्तु महँगा रहेका छन्।
सूचीअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ६० रुपैयाँ, रातो आलु ३५ रुपैयाँ र भारतीय प्याज ४३ रुपैयाँमा कारोबार भइरहेको छ। स्थानीय बन्दा ६० रुपैयाँ, काउली ९० रुपैयाँ तथा गाजर ७५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन २२० रुपैयाँ, अनार ४२० रुपैयाँ र स्थानीय लिची २५० रुपैयाँमा बिक्री भइरहेको छ। त्यसैगरी आँप, मेवा, कागती र तरबुजाको मूल्य पनि सार्वजनिक गरिएको छ।
च्याउ तथा विशेष कृषि उपजमध्ये सिताके च्याउ प्रतिकिलो १ हजार रुपैयाँ, कुरिलो ३५० रुपैयाँ र राजा च्याउ ३३० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ। साथै अदुवा, लसुन, खुर्सानी र ताजा माछाका विभिन्न प्रजातिको थोक मूल्यसमेत तोकिएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्