|
२०८३ जेष्ठ १४
काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरेको छ।
बुधबार बसेको समितिको बैठकले जनपद, स्वास्थ्य तथा सूचना प्रविधि समूहका रिक्त पदमा बढुवाका लागि नाम सार्वजनिक गरेको हो।
जनपदतर्फ धनुषा जिल्ला प्रहरी कार्यालयमा कार्यरत अमरेन्द्रबहादुर सिंह सिफारिसमा परेका छन्। यस्तै, नेपाल प्रहरी अस्पताल महाराजगञ्जका डा. सेवक श्रेष्ठ स्वास्थ्य उपसमूहबाट बढुवाका लागि छनोट भएका छन्।
सूचना प्रविधि तथा कम्प्युटर समूहबाट सरोज शाक्य र मनिषराज सापकोटालाई एसएसपी पदमा बढुवा गर्न सिफारिस गरिएको समितिले जनाएको छ।








दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्