आजदेखि फेरि सुरु भयो मतदाता नामावली अद्यावधिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २२

काठमाडौँ— निर्वाचन आयोग ले स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु गरेको छ। प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा रोकिएको यो प्रक्रिया आयोगको चैत १८ को निर्णयपछि फेरि सञ्चालनमा आएको हो।

आयोगका अनुसार राष्ट्रिय परिचयपत्र भएका नागरिकले अनलाइनमार्फत सजिलै नाम दर्ता गर्न सक्नेछन्। परिचयपत्र नभएकाले भने ‘प्रि–इनरोलमेन्ट’ प्रणाली प्रयोग गरी फारम भरेपछि आवश्यक जैविक विवरण दिन सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ।

यससँगै मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, दोहोरो नाम हटाउने तथा ठेगाना वा अन्य विवरण अद्यावधिक गर्ने सुविधा पनि अनलाइनबाटै उपलब्ध गराइएको छ। आयोगले सबै नागरिकलाई प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *