वर्षाका कारण चिप्लो सडकमा जिप दुर्घटना चालकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १०

पर्वतमा । पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा सोमबार साँझ जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कुश्माबाट युरिया मल लिएर फलेवासतर्फ जाँदै गरेको ग१ज ८०२९ नम्बरको जिप कालीगण्डकी किनार नजिकैबाट करिब ३० मिटर तल खसेको थियो।

दुर्घटनामा ३५ वर्षीय चालक सज्जन परियार गम्भीर घाइते भएका थिए। उनलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा कठिन अवस्थामा उद्धार कार्य गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *